बक्सअफिस भिडन्त: जनै पूर्णिमामा अक्षय र प्रभास आमनेसामने



रंगखबर, काठमाडौँ – महाराष्ट्रमा हल खुलेसँगै बलिउडमा फिल्मको रिलिज डेट तोक्न मेकरहरु हानाथाप गरिरहेका छन् ।

आइतबार मात्रै १४ फिल्मको रिलिज डेट घोषणा भए । जुन आफैमा रेकर्ड सावित भएको छ । अहिलेसम्म बलिउडमा एकै दिन यति धेरै फिल्मको रिलिज डेट घोषणा भएको थिएन ।

सोमबार पनि थुप्रै फिल्मले रिलिज डेट घोषणा गरेका छन् । जसमध्ये अक्षय कुमारको ‘रक्षा बन्धन’ र प्रभासको ‘आदिपुरुष’ बक्सअफिसमा भिड्ने भएका छन् ।

कोरोनापछि एउटै डेटमा रिलिज फाइनल गर्ने यी दुई पहिलो फिल्म हुन् । यी दुवै फिल्म २०२२ को अगस्त ११ मा रिलिज हुनेछन । 

भारतीय स्वतन्त्रता दिवसको छेकोमा रिलिज हुने यी दुवै फिल्म प्रतिक्षित हुन् । त्यसले यो आगामी वर्षको एक ठुलो बक्सअफिस भिडन्त हुनेछ ।

अक्षय कुमारको फिल्म रक्षा बन्धनसँग सम्बन्धित भएकाले १२ अगस्तमा यसले रक्षा बन्धनको विदा पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्