सृष्टिको ‘राधा’ लुक्स



रंगखबर, काठमाडौँ – अभिनेता सौगात मल्लले निर्माण गरेको फिल्म ‘राधा: द सेक्रेट अफ राधा’को फर्स्टलुक सार्वजनिक गरिएको छ । निर्माण पक्षले अभिनेत्री सृष्टि श्रेष्ठको मात्र लूक्स सार्वजनिक गरेको छ ।

सृष्टिलाई गाउँले अवतारमा देख्न सकिन्छ । उनि गम्भीर मलिन मुद्रामा छिन । उनको तस्विर ब्ल्याक एण्ड ह्वाइटमा तयार गरिएको छ ।

सुवर्ण थापाको निर्देशनमा बनेको फिल्मको कथा बस्तुबारे खुलाइएको छैन । फिल्ममा सौगातसँगै सुवर्णको पनि लगानी छ ।

फिल्ममा सृष्टिसँगै सौगातले पनि मुख्य भूमिका निर्वाह गरेका छन् । यस्तै कलाकारद्वय खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई पुस्कर गुरुङ, दिव्यदेव पन्तले पनि फिल्ममा अभिनय गरेका छन् ।

फिल्ममा दयाहाङ राई र निश्चल बस्नेतलाई अतिथि भूमिकामा देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्