हिट गीत ‘पिरती बस्यो’को रिमेक सार्वजनिक ~ भिडियो ~



पुरानो नेपाली चलचित्र ‘जन्म जन्म’मा रहेको सुमधुर गीत ‘पिरती बस्यो सुस्तरी सुस्तरी मनमा’लाई फेरी एकपटक रिमेक गरेर बजारमा ल्याईएको छ ।



वरिष्ठ संगीतकार शुभ बहादुर सुनामद्वारा संगीतवद्ध गरिएको गीतमा पहिले स्वर्गीय युवराज दिपेन्द्र
बिर बिक्रम शाहका साथमा शितल नेपालले शब्द कोरेका थिए । उक्त गीतमा पहिले साधना सरगमको स्वर रहेको थियो भने अहिले अन्जु पन्तले गाएकी छिन । अहिले गीतको अरेन्जमेन्ट महाराज थापाले गरेका छन् ।

पहिले उक्त गीतमा अभिनेता सरोज खनाल र स्वेता गौतमको अभिनय रहेको थियो । भने अहिले उक्त गीतमा नायक यस राज गराचका साथमा आशा पौडेल र चन्द कौशिकको अभिनय रहेको छ ।
सौरभ लामाको छायांकनमा खिचिएको गीतलाई सम्पादन र रंग भर्ने काम दिन्सन शाहले गरेका छन् भने कोरियोग्राफी र निर्देशन केशब राज भट्टले गरेका छन् ।

उक्त गीतलाई ‘आई क्याट्च स्टुडियो’ को युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://youtu.be/nGi0GZ9Dw5w

प्रतिक्रिया दिनुहोस्