नयाँ कलाकार र निर्देशकसहित ‘म’को शुभसाइत सम्पन्न



रंगखबर, काठमाडौँ – सुवर्ण थापाले निर्देशन गर्ने फिल्म ‘म’को शुभ साइत गरिएको छ । निर्माण कम्पनि कान्तिपुर एकेडेमीको परिसरमा सोमबार फिल्मको साइत सम्पन्न भएको हो ।

दुई वर्ष अगाडी घोषणा भएरपनि कोरोनाका कारण रोकिएको फिल्म पुष ११ देखि छायांकनमा निस्किनेछ ।

प्रकाश पुरीले लेखेको फिल्ममा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, निराजन प्रधान, प्रमोद अग्रहरी, सन्जोग रसाइली, पुनम श्रेष्ठजस्ता चर्चित कलाकारहरुको अभिनय रहनेछ ।

फिल्ममा तेन्जिन पाल्देनको छायांकन, सुजन परियारको कस्टुम डिजाइन र बनिश शाहको सम्पादन रहनेछ । पदम पुरी सह निर्माता र विमला हुँमागाइँ निर्माता रहेको फिल्मको प्रोडक्सन म्यानेजर करन सिंह हुन् ।

फिल्मले आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने निर्देशक थापाले जानकारी दिए ।

स्मरण रहोस ‘म’को यसअघि नै लगभग ६० प्रतिशत छायांकन सकिएको थियो । तर, बीच मै निर्माण टिममा खटपट आएपछि छायांकन रोकिएको थियो । त्यसपछि कोरोना महामारीका कारण काम अगाडी बढ्न पाएन ।

दोस्रो लहरपछि भने फिल्मका निर्देशक, केहि कलाकार र टिम छुट्टिए । सुरुवातमा यो फिल्मलाई परिच्छेद सेनले निर्देशन गरेका थिए ।

फिल्मको दोस्रो चरणको काम अगाडी बढ्दा अघिल्लो चरणको फुटेज काम नलाग्ने भन्ने खबर बाहिरिएको छ ।

यतिसम्मकी फिल्मको कथाबस्तु पनि परिवर्तन भएको खबर छ । तर, निर्माण पक्षले यसबारेमा मुख खोलेको छैन ।

प्रतिक्रिया दिनुहोस्