नयाँ रिलिज डेटसहित ‘चपली हाइट ३’को पुरानै ट्रेलर सार्वजनिक



रंगखबर, काठमाडौँ – पुष २ गतेको रिलिज स्थगित गर्दै १५ मा पुगेको फिल्म ‘चपली हाइट ३’को ट्रेलर पुन: सार्वजनिक गरिएको छ ।

२ मिनेट ३६ सेकेन्ड लामो ट्रेलरमा फिल्मको रिलिज डेट मात्र फरक छ । बाँकी, दृष्य र कटिङ पुरानै ट्रेलरको हुबहु छ ।

निर्माण पक्षले नयाँ रिलिज डेट दर्शकसम्म पुगोस् भन्ने हेतुले पुन: ट्रेलर सार्वजनिक गरेको हो ।

पुष २ मा हलिउड फिल्म ‘स्पाइडर म्यान: नो वे होम’ र साउथ इण्डियन फिल्म ‘पुष्पा’को दवदवा हुने देखिएपछि निर्माता अर्जुन कुमारले ‘चपली हाइट ३’लाई पुष १५ मा पुर्याएका थिए ।

निकेश खड्काले निर्देशन गरेको मर्डर सस्पेन्स फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिकमान श्रेष्ठ, अर्पण थापा, दीपाश्री निरौला, लक्ष्मी वर्देवा, जीवन भट्टराई, लोकेन्द्र लेखक, विशाल पहारी, सुस्मा निरौलाको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्