केकीको जन्मदिनमा ‘सिल्ली फो’को इन्डक्ल्याप



रंगखबर, काठमाडौँ – अभिनेत्री केकी अधिकारी अभिनित फिल्म ‘सिल्ली फो’को छायांकन सकिएको छ । शुक्रबार परेको केकीको जन्मदिनको अवसरमा निर्माण पक्षले इन्डक्ल्याप गरेको हो ।

इन्डक्ल्यापमा फिल्मको टिमले केकीलाई जन्मदिनको शुभकामना दिएका थिए ।

राजबहादुर सानेको निर्देशनमा बनिरहेको फिल्मलाई नेपालगंज आसपासका स्थानमा खिचिएको छ । दिव्यराज सुवेदीले फिल्म खिचेका हुन् ।

कमेडी जनराको फिल्ममा केकीसँगै धिरेन शाक्य, रविन्द्र झा, राजाराम पौडेल, दीपक थापा, पूर्णचन्द्र पोखरेल, अनिता लामिछानेलगायतका कलाकारको अभिनय छ । यहि फिल्मबाट दिनेश रेग्मी, भूगोल कार्की र रमेश बजगाईंले डेब्यु गर्दैछन् ।

ह्याप्पी फिल्मसको व्यानरमा निर्मित फिल्ममा शिव विकको कोरियोग्राफी, देव महर्जनको द्वन्द्व र तारा थापा किम्भेको सम्पादन रहनेछ ।

मनोज डीके निर्माता रहेको फिल्ममा विशाल श्रेष्ठ र सागर विष्ट सह-निर्माताको रुपमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्