फागुन अन्तिममा ‘आकाशे खेती’



रंगखबर, काठमाडौँ – नेपाली फिल्म ‘आकाशे खेती’को फस्टलुक पोस्टर र रिलिज डेट सार्वजनिक भएको छ । उदय सुब्बाले निर्देशन गरेको फिल्म फागुन २७ मा रिलिज हुनेछ ।

हास्य कथानक फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, नीता ढुंगाना, कृषा गुरुङ, शिशिर बांग्देल, बुद्धि तामाङ, रविन्द्र झा, रजनी गुरुङ, अनुप याक्सो, रमा लिम्बु, लक्षु शर्मा, प्रकाश शर्मालगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक सुब्बाकै कथा रहेको फिल्ममा राजु किरातीको द्वन्द्व, विकाश चौधरी/बादल लिम्बुको संगीत, रामजी लामिछाने/राजीव सिंहको कोरियोग्राफी, विक्रम डिसीको छायांकन र सुजन बडालको सम्पादन छ ।

एसएस इन्टरनेशनल फिल्म्स र तक्मे प्रोडक्सनको व्यानरमा निर्मित फिल्मले समाज भित्रका बिभिन्न घटनालाई मनोरन्जनात्मक रुपमा प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्