तेजसको ‘झम झम झम्कना’मा चक्र र रुबिना ~ भिडियो ~



रंगखबर, काठमाडौँ – अस्मिता अधिकारी र तेजस रेग्मीको आवाजमा गीत ‘झम झम झम्कना’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शब्द र संगीत पनि गायक रेग्मी कै छ ।

डान्सिङ बिटको गीतको भिडियोमा गायक तेजससँगै चक्र बम र रुबिना थापाले नृत्य गरेका छन् ।

रामजी लामिछानेको निर्देशन र कोरियोग्राफी रहेको म्युजिक भिडियोमा मानकृष्ण महर्जनको छायांकन र बन्दे प्रसादको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्