बलियो समिक्षाको वावजुत बक्सअफिसमा ‘८३’को मध्यम सुरुवात



रंगखबर, काठमाडौँ – रणवीर सिंह स्टारर फिल्म ‘८३’ले बक्सअफिसमा मध्यम सुरुवात गरेको छ । ट्रेडका अनुसार फिल्मले सोचेअनुरुप ओपनिङ गर्न चुक्यो ।

सन् १९८३ मा भारतले पहिलो पटक विश्वकप क्रिकेट जित्दाको गाथा गाउने फिल्मले समिक्षकबाट उम्दा प्रतिक्रिया पाएको थियो । रिलिज अगाडी हाइप पनि राम्रो थियो । तर, बक्सअफिसमा सकारात्मक नजिता देखा परेन ।

घरेलु बक्सअफिसमा प्रदर्शनको पहिलो दिन फिल्मले १२.६४ करोड भारुको व्यापार गर्यो । ट्रेडको अनुमान २० करोड माथिको थियो ।

विशेष गरि फिल्मको कलेक्सनमा मल्टीप्लेक्सको हिस्सा धेरै देखियो । क्रिसमसको विदामा पनि फिल्मको व्यापारमा उल्लेख्य उल्लेख्य वृद्धि भएन ।

दोस्रो दिन १६.९५ करोड कलेक्सन गरेको फिल्मले आइतबारको विदामा अपेक्षित २० करोड चिन्ह छुन सकेन । आइतबार फिल्मले १७ देखि १९ करोड आसपासमा व्यापार गर्यो ।

कुल मिलाएर फिल्म पहिलो विकेन्डमा ४७ देखि ४९ करोड आसपासको लाइन पुग्न सफल भएको छ ।

१ सय २५ करोडको बजेटमा निर्माण भएको फिल्मले लगानी रिकभर गर्न सक्ला त ? प्रश्न चिन्ह खडा भएको छ ।

किनकि, दोस्रो हप्तामा फिल्मले शाहिद कपूरको ‘जर्सी’ र तेस्रो सातामा एसएस राजामौलीको ‘आरआरआर’सँग बक्सअफिस भिडन्त गर्नु पर्नेछ ।

कबिर खान निर्देशित ‘८३’मा रणवीर सिंहका अलावा दीपिका पादुकोण, जीवा, पंकज त्रिपाठी, ताहिरराज वासिन, सकीव सलीम, हार्डी सन्धुलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्