ओमिक्रोन भेरियन्टको कारण शाहिदको ‘जर्सी’ पोस्टपोन्ड



रंगखबर, काठमाडौँ – शाहिद कपूर स्टारर फिल्म ‘जर्सी’ पोस्टपोन्ड भएको छ । भारतमा फैलिरहेको ओमिक्रोन भेरियन्टको खतरालाई मध्येनजर गर्दै रिलिजको दुई दिन अगाडी ‘जर्सी’ प्रदर्शन स्थगित भएको हो ।

ओमिक्रोनको बढ्दो रफ्तारले गर्दा भारतीय हलमा दर्शक संख्या कम हुन थालेको छ । यसको प्रत्यक्ष असर प्रदर्शनरत फिल्म ‘८३’लाई पर्यो ।

‘८३’ जस्तो राष्ट्रिय भावना बोकेको फिल्मको खस्कदो व्यापारलाई हेरेर ‘जर्सी’ तत्कालका लागि बक्सअफिसमा रिलिज नहुने भएको हो ।

गौतम तिन्नानुरी निर्देशित स्पोर्ट ड्रामामा शाहिदका अलावा मृनाल ठाकुर र पंकज कपूरको मुख्य भूमिका छ ।

अब फिल्म ओटीटीमा रिलिज हुने भन्ने खबर भने गलत रहेको बलिउड ट्रेड एनालिस्ट तरण आदर्श ले ट्वीट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्