शिल्पालाई सुधिरले भने, ‘माया बसे बस्ला साइँली’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेल र मोडल सुधिर श्रेष्ठ फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘माया बसे बस्ला साइँली’ बोलको गीतमा शिल्पा र सुधिरको केमेस्ट्री जमेको छ ।

एचबिएन किस्मतको संगीत रहेको गीतमा राजु सुनामको शब्द रचना छ । संगीतकार किस्मतसँगै मेलिना राईले गीतमा स्वर दिएका छन् ।

डान्सिङ बिटको गीतमा क्रान्ती केसीको कोरियोग्राफी र निर्देशन रहेको छ । अजय रेग्मी एण्ड टिमले खिचेको म्युजिक भिडियो सम्पादन प्रविन भट्टले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्