रिलिज स्थगित हुँदा ‘आरआरआर’लाई १८ करोड बढी घाटा



रंगखबर, काठमाडौँ – कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको कारण रिलिज स्थगित गरेको भारतीय फिल्म ‘आरआरआर’लाई १८ करोड भन्दा धेरै रकम घाटा लागेको छ ।

यो फिल्म ७ जनवरीमा रिलिज हुँदै थियो । तर, भारतमा पछिल्लो साता कोरोना केस ५ गुणा बढेपछि ‘आरआरआर’ घुडा टेक्न बाध्य भयो ।

रिलिजको एक साता अगाडीसम्म ‘आरआरआर’ टिमले प्रमोसनमा ठुलै रकम खर्च गर्यो । निर्देशक एसएस राजमौली, अभिनेता रामचरण, जुनियर एनटीआर र अभिनेत्री आलिया भट्टको टिम ‘बिग बोस’ र ‘द कपिल शर्मा शो’लगायतका टेलिभिजन शोमा पुगे । तर, रिलिज स्थगित हुँदा प्रमोसनको पैसा पानीमा मिसिन पुग्यो ।

बलिउड हंगामाका अनुसार रामचरण र जुनियर एनटीआरका फ्यानहरुलाई प्रमोसनको लागि आन्ध्र प्रदेश भन्दा बाहिर लिएर जाँदा २ देखि ३ करोड खर्च भएको छ । उनीहरुलाई लक्जरी होटलमा राखिएको थियो ।

स्रोत भन्छ आन्ध्र भन्दा बाहिरका राज्यमा रामचरण र एनटीआरको फ्यान फलोइङ निक्कै कम छ । त्यसैले उनिहरुको फिल्म प्रमोसन गर्दा आन्ध्र प्रदेशबाटै फ्यानहरुको भिड जम्मा गर्नुपर्ने हुन्छ ।

साउथ सुपरस्टार रजनिकांतदेखि कमल हसन, दुलकर सलमान, प्रभाससम्मको हिन्दि भाषा क्षेत्रमा फ्यान फलोइङ कमजोर मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्