नरेनको इन्ट्रीसँगै ‘म’को छायांकन सुरु



रंगखबर, काठमाडौँ – सुवर्ण थापाले निर्देशन गर्ने फिल्म ‘म’मा अभिनेता नरेन खड्काको इन्ट्री भएको छ । उनको इन्ट्रीसँगै फिल्मको लाइनअपपनि पुरा भएको छ ।

सोमबार निर्माण टिमले नरेनलाई अनुबन्ध गरेको हो । साथै, सोमबारबाट फिल्मको छायांकन पनि सुरु भएको छ । यो फिल्मलाई तेन्जिन पाल्देनले खिचिरहेका छन् ।

कर्णालीको कथामा निर्माण भैरहेको फिल्म ‘बुलाकी’को छायांकन सकाएर नरेन ‘म’को लागि तयार भएका हुन् ।

प्रकाश पुरीको कथा रहेको ‘म’मा नरेनसँगै सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, रुविना थापा, निराजन प्रधान, प्रमोद अग्रहरी, सन्जोग रसाइली, पुनम श्रेष्ठजस्ता चर्चित कलाकारहरुको अभिनय रहनेछ ।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरिरहेको फिल्ममा सुजन परियारको कस्टुम डिजाइन र बनिश शाहको सम्पादन रहनेछ । पदम पुरी सह निर्माता र विमला हुँमागाइँ निर्माता रहेको फिल्मको प्रोडक्सन म्यानेजर करन सिंह हुन् ।

प्रतिक्रिया दिनुहोस्