हुम्लाको कथामा फिल्म ‘रेलको बाटो’ निर्माण हुने



रंगखबर, काठमाडौँ – अहिलेसम्म राष्ट्रिय सडक संजालमा नजोडिएको कर्णाली प्रदेशको पर्यटकीय जिल्ला हुम्लाको कथामा फिल्म बन्ने भएको छ ।

मोडल तथा कलाकार जीबी चिरन (चिरन्जिबी सापकोटा)ले अहिले स्क्रिप्टको काम गरिरहेका छन् । फिल्मले सडक संजालले नछुँदा हुम्ला बासीले भोगेको समस्याको कथा भन्नेछ ।

जीबी चिरनले यही कथामा ‘रेलको बाटो’ बोलको गीत निर्माण गरेका थिए । उक्त गीतको सफलतापछि उनले हुम्लाको कथा ठुलो पर्दाको लागि तयार पार्न लागेका हुन् ।

कलाकार र निर्देशक तय नभएको फिल्मको नाम पनि ‘रेलको बाटो’ नै रहनेछ । केहि दिनमा नाम दर्ता गरेर फिल्मको कास्ट एण्ड क्रु प्रेसमिट मार्फत सार्वजनिक गरिने जीबी चिरनले जानकारी दिए ।

विन्दास प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा जीबी चिरनले पनि मुख्य भूमिका निर्वाह गर्नेछन् ।

रेलको बाटो गीत:-

प्रतिक्रिया दिनुहोस्