फेरि ‘प्रेमगीत ३’को रिलिज स्थगित



रंगखबर, काठमाडौँ –  फागुन १३ रिलिज तय गरेको फिल्म ‘प्रेमगीत ३’ फेरि स्थगित भएको छ । फिल्मका निर्माता एवं निर्देशक सन्तोष सेनले फेसबुकमा स्टाटस लेख्दै अनिश्चितकालको लागि रिलिज स्थगित गरिएको जानकारी दिएका छन् ।

उनले भारतीय वितरक समुहको सल्लाह मान्दै विश्वव्यापी एकै पटक रिलिज गर्ने योजनासहित रिलिज स्थगित गरेको बताएका छन् ।

पछिल्लो समय ओमिक्रोन भेरियन्टको कारण भारतमा हलहरु बन्द हुन् थालेका छन् । जसले गर्दा रिलिज मिति तोकेका केहि फिल्म पोस्टपोन्ड भैसकेका छन् ।

‘प्रेमगीत ३’पनि हिन्दि भाषामा डब भएका कारण भारत रिलिज महत्वपूर्ण छ । नेपालमा अहिलेसम्म त हल बन्द भएका छैनन् । तर, ओमिक्रोनको कारण छिट्टै हल बन्द हुन् सक्ने सम्भावनालाई मध्येनजर गर्दै निर्माण टिमले पब्लिसिटीको पैसा बनाउन यो कदम उठाएको हो ।

सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, मनिष राउत, माओत्से गुरुङ, अनुभव रेग्मी, लक्ष्मी वर्देवा, जीवन भट्टराईलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्