कौसिद टिजर: ऋणमा डुबेको पात्रको जीवनमा भोलाराज



रंगखबर, काठमाडौँ – अभिनेत्री ऋचा शर्मा प्रस्तुतकर्ता रहेको फिल्म ‘कौसिद’को फस्टलुक टिजर सार्वजनिक भएको छ ।

४३ सेकेण्ड लामो टिजरमा फिल्मका मुख्य कलाकार भोलाराज सापकोटा फिचर्ड छन् । फिल्मले वित्तिय ऋणको चपेटामा परेको पात्रको जीवन भोगाइको कथा भन्छ । फिल्मको टिजरले पिँजडामा परेको जीवनको उन्मुक्तिको संघर्ष भाव बोल्छ ।

निर्देशक कुमार भास्करका अनुसार फिल्मको छायांकन र पोस्ट प्रोडक्सनको कार्य सकिएको छ । अब फिल्म प्रदर्शनको लागि तयार रहेको भास्करले जानकारी दिए ।

बड पिक्चर्सको व्यानरमा निर्माण भएको फिल्ममा भोलाराजसँगै ऋचा शर्मा, रुपेश दाहाल, परिक्षित विक्रम राणा, सदिक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराईलगायतका कलाकारहरुको अभिनय छ ।

निर्देशक भास्करको पटकथामा तयार फिल्ममा नवविजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाको कथा छ । निसाल पौडेलले छायांकन गरेको फिल्मलाई मित्र डि गुरुङले सम्पादन गरेका छन् ।

केदार भुषाल निर्माता रहेको फिल्मका कार्यकारी निर्माता दिमेश श्रेष्ठ र सह-निर्मातामा लक्ष्मण बानियाँ रहेका छन् ।

निर्माण टिम ओमिक्रोन भेरियन्टको प्रभावलाई हेरेर छिट्टै नै फिल्मलाई सार्वजनिक प्रदर्शनमा ल्याउने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्