गूगलमा सर्वाधिक खोजिने फिल्म बन्यो ‘इटरनल्स’, यी हुन् टप १० फिल्म



रंगखबर, काठमाडौँ – हलिउड फिल्म ‘इटरनल्स’ २०२१ मा सर्वाधिक गूगल खोजी गरिने फिल्म बनेको छ । विश्वव्यापी खोजिनेमा यो नम्बर एकमा रह्यो ।

क्लोए झाओ निर्देशित फिल्ममा जेम्मा चेन, रिचर्ड म्याडेन, कुमेल नानजियानी, लिया म्याकह्यु, ब्रायन टायरी हेनरीलगायतका कलाकारहरुको अभिनय छ ।

२ सय मिलियन डलरमा निर्माण भएको ‘इटरनल्स’ले विश्वव्यापी ४ सय १ मिलियन डलर ग्रस कलेक्सन गरेको थियो ।
मार्भल सिनेम्याटिक स्टुडियो अन्तर्गत ‘इटरनल्स’ २६ औँ फिल्म हो ।

२: मार्भल सिनेम्याटिक स्टुडियो अन्तर्गतको चौंथो फेजको पहिलो फिल्म ‘ब्ल्याक विडो’ २०२१ मा सर्वाधिक गूगल गरिने दोस्रो फिल्म हो ।

स्कारलेट जोहनसन, फ्लोरेन्स पग, डेभिड हार्बर स्टारर फिल्मलाई केट शर्टल्याण्डले निर्देशन गरेकी हुन् ।

२ सय मिलियन डलरमा निर्माण भएको फिल्मले विश्वव्यापी ३ सय ८० मिलियन डलर कमाई गरेको थियो ।

३: हलिउड साइन्स फिक्सन ‘ड्युन’ सर्वाधिक खोजिने फिल्मको तेस्रो नम्बरमा रह्यो । डेनिस वेउनभ निर्देशित फिल्ममा टिमोथी चालमेट, रेबेका फर्ग्युसन, ओस्कर आइज्याकलगायतका कलाकारहरुको अभिनय छ ।

१ सय ६५ मिलियन डलरमा निर्माण  भएको ‘ड्युन’ले विश्वव्यापी ३ सय ९६ मिलियन डलर कमाई गरेको थियो ।

सर्वाधिक खोजिएका टप ७ फिल्महरु 

४: शाङ-ची एण्ड द लिजेन्ड अफ द टेन रिंग्स (अमेरिकन)
५: रेड नोटिस (अमेरिकन)
६: मर्टल कोम्बाट (अस्ट्रेलियन/अमेरिकन)
७: क्रुएला (अमेरिकन)
८: हेलोवीन किल्स (अमेरिकन)
९: गोडजिला भर्सेस कङ्ग (अमेरिकन)
१०: आर्मी अफ द डेड (अमेरिकन)

स्रोत: गूगल 

प्रतिक्रिया दिनुहोस्