विजय पुनको ‘पत्थरको मुटु’ फिमेल भर्सन सार्वजनिक 



रंगखबर, काठमाडौं : पत्थरको मुटु मेल भर्सनको सफलता पछि पत्थरको मुटु फिमेल भर्सन सार्वजनिक भएको छ। गीतमा प्रबिशा अधिकारीको सुमधुर आवाज सुन्न सकिनेछ भने अन्जली अधिकारी र विजय पुनको दमदार अभिनय देख्न सकिन्छ। गीतको भिडियोमा आराध्या डी. सी. बाल कलाकारको रुपमा फिचर्ड छन। पत्थरको मुटु मेल भर्सनमा गायक प्रताब दासले आवाज दिएका थिए भने अभिनयमा विजय पुन नै देखिएका थिए। विजय पुनको शब्द रहेको  फिमेल भर्सनमा ऋषी खड्काको संगीत रहेको छ भने दिपक गिरिले खिचेको भिडियोमा बिक्रम चौहानको कथा र निर्देशन रहेको छ।

भिडियो हेर्नुस: 

 

प्रतिक्रिया दिनुहोस्