रश्मि मैनालीको गीति एल्बम ‘नयन’ सार्वजनिक



रंगखबर, काठमाडौं : गीतकार रश्मि मैनालीको गीति एल्बम ‘नयन’ सार्वजनिक भएको छ । आइतबार राजधानीको चाबहिल स्थित चलचित्र बिकाश बोर्डको हलमा एक कार्यक्रमको आयोजना गर्दै एल्बमको सार्वजनिक गरिएको हो ।चलचित्र बिकाश बोर्डका अध्यक्ष दयाराम दहाल त्यस्तै चलचित्र निर्माता निर्देशक तुल्सी घिमिरे लगायतको हातबाट एल्बमको सार्वजनिक गरियो । गीति एल्बम ‘नयन’ मा ६ वटा गीत समाबेश छन् । जसमा कति मधुर, गुँरासको ओठबाट, जिन्दगी पतझड, सजाउँछु भन्थे, तिमीबाटै घात भएछ र थाम्न सकिन रहेका छन् । सार्वजनिक एल्बममा गीतकार रश्मि मैनालीको शब्द, अन्जु पन्त, सुनिता थेगिमको स्वर रहेको छ । त्यस्तै दिपक पाठकको संगीत र स्वर, कमल भट्टराईको संगीत र स्वर रहेको छ । कार्यक्रममा २ वटा गीतको भिडियो समेत देखाइएको थियो ।

भिडियो हेर्नुस : 

https://youtu.be/mUN1BpZES1E

प्रतिक्रिया दिनुहोस्