माघ १५ सम्म हल बन्द हुने, क्युएफएक्सले हटायो फिल्मको शो



रंगखबर, काठमाडौँ – कोरोना संक्रमणको ग्राफ उकालो लागेपछि सरकारले माघ १५ सम्म सम्पूर्ण सिनेमा हल बन्द गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता सूचना ज्ञानेन्द्र कार्कीले जानकारी दिएका छन् ।

आइतबार पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै मन्त्री कार्कीले कोभिड रोकथाम र नियन्त्रण गर्न केही समयका लागि सिनेमा हलसहित डान्स बार, दोहोरी, नाँचघर, क्लब, हेल्थ क्लब, जिमखाना, स्विमिङ पूल, फुटसल, पटके हाटबजारलगायतका क्षेत्र संचालन नगर्न आदेश दिएका छन् ।

कोरोनाको दोस्रो लहर भित्रिएसँगै बैशाख १६ देखि बन्द भएका हल नेपाल चलचित्र संघले घटस्थापनादेखि खोल्ने निर्णय गरेको थियो ।

त्यसपछि १ सय २ दिनसम्म संचालनमा आएका हलहरु पुन बन्द हुने भएका हुन् । अहिले हलमा नेपाली फिल्म ‘चपली हाइट ३’ र ‘कठपुतली’सहित केहि विदेशी फिल्म प्रदर्शन भैरहेका छन् ।

सरकारको हल बन्द गर्ने निर्णयसँगै देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले सोमबारदेखिका सम्पूर्ण शो हटाएको छ ।

प्रतिक्रिया दिनुहोस्