फेरि रोकियो ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शन



रंगखबर, काठमाडौँ – कोरोना महामारीका कारण फिल्म ‘म यस्तो गीत गाउँछु २’को प्रदर्शनलाई लिएर छाएको अन्यौलता अब हटेको छ । यो फिल्म माघ १९ रिलिज हुने छैन ।

निर्देशक सुदर्शन थापाले बुधबार एक सूचना जारी गर्दै फिल्मको रिलिज स्थगित गरिएको आधिकारिक जानकारी गराएका छन् ।

‘चलचित्र म यस्तो गीत गाउँछु २ को तर्फबाट हामीले पनि आम जनमानसको स्वास्थ्यलाई ध्यानमा राख्दै कोरोना भाइरसबाट कसैलाई असर नहोस भन्ने हेतुले नेपाल सरकारको कदममा कदम मिलाउदै अर्को सुचना नआउदासम्मलाई चलचित्र प्रदर्शन नगर्ने निर्णय गरेका छौँ ।’ सूचनामा उल्लेख गरिएको छ ।

प्रेमकथामा आधारित म्युजिकल लभस्टोरी फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, सोनीका रोकायलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्