दुई ठुला भोजपुरी फिल्ममा शिल्पा अनुबन्धित



रंगखबर, काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेल दुई ठुला भोजपुरी फिल्ममा अनुबन्धित भएकी छन् । उनि निर्देशक सोनु खत्रीले निर्देशन गर्ने ‘निरहुआ चलल लण्डन २’ र ‘हनुमान की गली’मा मुख्य अभिनेत्रीको रुपमा फाइनल भएकी हुन् ।

पछिल्लो समय शिल्पा भोजपुरी फिल्म उद्योगमा व्यस्त हुन थालेकी छन् । यसअघि उनले दुई भोजपुरी फिल्म ‘जय शम्भु’ र ‘प्रेमगीत २’मा अभिनय गरिसकेकी छन् ।

रञ्‍जित सिंहको निर्माण रहने ‘निरहुआ चलल लण्डन २’मा शिल्पासँगै भोजपुरी सुपरस्टार दिनेशलाल यादव (निरहुआ) मुख्य भूमिकामा रहनेछन ।

कुन्दन दुवेले डेब्यु गर्ने यस फिल्ममा आम्रपाली दुवे, देव सिंह, अनुप अरोरा, अशी तिवारीलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

यस्तै ‘हनुमान की गली’मा ‘निरहुआ चलल लण्डन २’ कै कास्ट एण्ड क्रु हुनेछन । यो फिल्ममा पनि शिल्पा र दिनेशलालले नै मुख्य भूमिका निर्वाह गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्