६ भारतीय अभिनेता, जो एक फिल्मको सय करोड माथि पारिश्रमिक लिन्छन !



रंगखबर, काठमाडौँ – बलिउड र साउथ इण्डिया संसार कै महँगा फिल्म उद्योगको रुपमा परिचित छन् । पछिल्लो समय साउथ इण्डियन फिल्म बलिउडको लागि भारी पर्न थालेका छन् ।

साउथको फिल्म मात्र होइन, कलाकारहरु पनि महँगा मानिन्छन । उनिहरु बलिउड कलाकारहरु जतिकै पारिश्रमिक लिन थालेका छन् ।

आज हामि महँगा भारतीय कलाकारहरुको पारिश्रमिकको बारेमा जान्नेछौँ । जो प्रत्येक फिल्ममा अभिनय गरेको सय करोड भन्दा बढी पारिश्रमिक लिने गर्छन ।

शाहरुख खान 


बलिउडमा ‘किङ खान’को उपाधि पाएका शाहरुख वर्तमान समयमा एक फिल्ममा अभिनय गरे वापत सय करोड भन्दा माथि चार्ज गर्छन ।

नयाँ फिल्म ‘पठान’का लागि निर्माण कम्पनि यसराज फिल्मस्ले शाहरुखलाई सय करोड पारिश्रमिक तिरेको छ ।

सलमान खान 


सय करोड भन्दा माथि पारिश्रमिक लिनेमा सलमान खान पनि छन् । साजिद नाडीयडवालाले ‘कभी इद कभी दिवाली’को लागि सलमानलाई १ सय २५ करोड भारुमा अफर गरेका थिए ।

अक्षय कुमार 


अभिनेता अक्षय कुमारले पनि पछिल्लो समय आफ्नो पारिश्रमिक सय करोड माथि पुर्याएका छन् । उनले १ सय २५ करोडदेखि १ सय २८ करोडसम्म पारिश्रमिक माग्ने गरेका छन् ।

प्रभास 


‘बाहुबली’ स्टार प्रभासले पनि आफ्नो पारिश्रमिक सय करोड माथि पुर्याएका छन् । आफ्नो आगामी फिल्म ‘स्पिरिट’का लागि प्रभासले १ सय १० करोड पारिश्रमिक लिएका छन् ।

अल्लु अर्जुन 


‘पुष्पा’ले बक्सअफिसमा उत्साहजनक व्यापार गरेपछि अल्लु अर्जुनको पारिश्रमिकले पनि सय करोड छोएको छ । लाइका प्रोडक्सनले नयाँ फिल्मका लागि अल्लुलाई सय करोड भारुमा अफर गरेको छ । जो फिल्मलाई अट्लीले निर्देशन गर्नेछन ।

थालापथी विजय


साउथ इण्डियन सुपरस्टार थालापथी विजयले पनि आफ्नो पारिश्रमिक सय करोड पुर्याएका छन् । उनले आगामी फिल्म ‘बिस्ट’का लागि सय करोड पारिश्रमिक लिएका हुन् ।

पछिल्लो रिलिज ‘मास्टर’ बक्सअफिसमा सुपरहिट भएपछी विजयले पारिश्रमिकमा बढोत्तरी गरेका हुन् । गत वर्ष रिलिज भएको ‘मास्टर’का लागि विजयले ८० करोड पारिश्रमिक लिएका थिए ।

कोइमोईबाट 

प्रतिक्रिया दिनुहोस्