आरिफको ‘निन्दरी’ सार्वजनिक



रंगखबर, काठमाडौँ – गायक आरिफ राउफले नयाँ गीत ‘निन्दरी’ सार्वजनिक गरेका छन् । गीतमा आरिफ कै शब्द तथा कम्पोजिसन छ ।

‘म म हुँ, मलाई म नै हुन दिनुस’ भन्ने भाव बोकेको गीतलाई अनिल स्टुडियोले एरेञ्ज गरेको हो ।

सार्वजनिक गीतको एनिमेटेड भिडियो भास्करराज उप्रेतीले तयार पारेका हुन् । उनले एनिमेसन मार्फत गीतको मर्म मर्न दिएका छैनन् ।

४ मिनेट लामो यो गीतलाई लूपी इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमा अपलोड गरिएको छ ।

आरिफ ‘द भ्वाइस अफ नेपाल – सिजन २’बाट उदाएका गायक हुन् । फाइनलसम्मको यात्रा तय गरेका आरिफ चौथों भएका थिए ।

https://youtu.be/nSKBVjtwfls

प्रतिक्रिया दिनुहोस्