विवाह बन्धनमा बाँधिइन मौनी रोय (तस्विर)



रंगखबर, काठमाडौँ – बलिउड अभिनेत्री मौनी रोय विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी सुरज नाम्बियारसँग दक्षिण भारतीय रिवाजमा गोवामा विवाह गरेकी हुन् ।

विवाहका तस्विर सार्वजनिक गर्दै मौनीले लेख्छिन, ‘मैले उसलाई अन्ततः फेला पारे ..♥️ हातमा हात मिलाएर, परिवार र साथीभाइको आशीर्वादमा, हामीले विवाह गरेका छौं ! तपाईहरुको माया र आशिर्वाद चाहिन्छ…।’

मौनी लामो समयदेखि सुरजको प्रेममा थिइन् । पेशाले सुरज इन्भेष्टमेन्ट बैंकर हुन् । उनी दुवईमा बस्छन । घुम्न रुचाउने सुरजले २०१९ मा अन्नपूर्ण क्षेत्रको मार्दी हिमाल ट्रेक पुरा गरेका थिए ।

सन् २००६ को टेलीसिरियल ‘क्युं कि सास भी कभी बहु थि’बाट अभिनय यात्रा सुरु गरेकी मौनीले २०१८ मा अक्षय कुमारको अपोजिट फिल्म ‘गोल्ड’बाट बलिउड डेब्यु गरेकी थिइन् ।

बलिउडमा राम्रो छाप छोडिसकेकी मौनीले अझै पनि आफुलाई प्रभावशाली रुपमा प्रस्तुत गर्न सकिरहेकी छैनन् ।

मौनीलाई एकता कपूरको टेलीसिरियल ‘नागिन’ले दर्शक माँझ लोकप्रिय बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्