साइन्स फिक्सन वेब सिरिजमा रिस्ता र गौरब, यस्तो बन्यो ट्रेलर



रंगखबर, काठमाडौँ – अभिनेता गौरव पहारी र अभिनेत्री रिस्ता बस्नेत अभिनित साइन्स फिक्सन वेब सिरिज ‘माइ वाइफ इज एन एलियन’को ट्रेलर सार्वजनिक गरिएको छ ।

शुक्रबार राजधानीमा सानो प्रेस भेटघाट गरेर निर्माण पक्षले सिरिजको बारेमा जानकारी दिएको हो ।

कलाकार तथा निर्मात्री प्रज्ञा जोशीको प्रस्तुति रहेको वेब सिरिजलाई सुमित सिंहले निर्देशन गरेका हुन् । भने, राजन महर्जन र निर्देशक सिंहले सिरिजको कथा लेखन गरेका हुन् ।

नमस्ते टाकिज र सिनेमा हबको व्यानरमा निर्मित सिरिजमा निर शाह, प्रज्ञा जोशी, बुद्धि तामाङ, सरोज खनाल, मनिष दोलखाली, रविना बस्ताकोटी, तलिसा गुरुङ, आरजे सिंहलगायतका कलाकारहरुको अभिनय छ ।

प्रेसमिटमा प्रमुख अतिथिको रुपमा उपस्थित अभिनेत्री करिश्मा मानन्धर र निर्देशक घनश्याम लामिछानेले नेपाली वेब सिरिजको दुनियाँमा नयाँ प्रयोग भएको र दर्शकले ‘माइ वाइफ इज एन एलियन’लाई मन पराउने विश्वास व्यक्त गरे ।

सुपरहिरो फिल्म ‘सुपर धने’ घोषणा 

प्रेसमिटमा निर्देशक सुमित सिंह र प्रस्तुतकर्ता प्रज्ञा जोशीले नयाँ फिल्म ‘सुपर धने’ निर्माण घोषणा गरेका छन् । यो सुपरहिरो फिल्म हुनेछ ।

कलाकारहरु तय नभैसकेको फिल्मलाई नमस्ते टाकिज र सिनेमा हबको व्यानरमा निर्माण गरिनेछ ।

हाल स्क्रिप्ट लेखनको चरणमा रहेको ‘सुपर धने’लाई नेपाल र युरोपमा खिचिने निर्माण पक्षले जानकारी दिएको छ । यो फिल्मको छायांकन नोभेम्बरबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्