मिलनको ‘बर एण्ड बधु’मा आँचल फाइनल



रंगखबर, काठमाडौँ – संख्यात्मक रुपमा फिल्म बनाउन खप्पिस निर्देशक मिलन चाम्सले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् ।

फेसबुकमा एक पोस्ट गर्दै उनले प्रेम कथामा आधारित फिल्म ‘बर एण्ड बधु’ निर्देशन गर्न लागेको जानकारी दिएका छन् ।

फिल्ममा अभिनेत्री आँचल शर्माले शिर्ष भूमिका निर्वाह गर्नेछिन । फिल्मको लागि ‘बर’ पात्र भने निर्माण पक्षले सार्वजनिक गरेको छैन ।

मिलन र आँचलको पर्दामा यो पहिलो सहकार्य हो । यो जोडीले यसअघि केहि म्युजिक भिडियोमा सहकार्य गरेका थिए । त्यतिबेला नै मिडियाको अगाडी मिलनले आगामी दिनमा आँचलसँग ठुलो पर्दाको लागि पनि सहकार्य हुन सक्ने सम्भाव्यता व्यक्त गरेका थिए ।

यतिबेला ‘गोर्खा वारियर २’को छायांकनमा व्यस्त रहेका निर्देशक चाम्स फुटबलरको बायोपिक बनाउने योजना पनि छन् ।

फागुन तेस्रो सातादेखि फ्लोरमा जाने ‘बर एण्ड बधु’को मुख्य अभिनेता नयाँ अनुहार हुने निर्देशक चाम्सले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्