‘ठगराज’ घोषणा गर्दै पाँच वर्षपछि निर्देशनमा फर्किए लक्ष्मण सुवेदी



रंगखबर, काठमाडौँ – संचारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीले नयाँ फिल्म निर्देशनको घोषणा गरेका छन् । उनि पाँच वर्षपछि निर्देशनमा फर्किन लागेका हुन् ।

लक्ष्मणले आफ्नै लेखन, निर्देशन र निर्माणमा फिल्म ‘ठगराज’ बनाउन लागेका हुन् । कमेडी जनरामा बन्ने फिल्मले सामाजिक कथाबस्तु प्रस्तुत गर्नेछ ।

प्राविधिक र कलाकारहरु तय नभएको फिल्म चैत अन्तिम सातादेखि फ्लोरमा जानेछ । फिल्मको लागि उत्कृष्ट र सुहाउँदो पात्र चयनको थालनी भैसकेको निर्देशक सुवेदीले जानकारी दिए ।

यो फिल्म गोल्डेन स्टेट मुभी मेकर्स क्यालिफोर्निया र दिलासा क्रियसनको व्यानरमा निर्माण हुनेछ ।

वि.सं. २०७१ मा फिल्म ‘एउटा साथी’बाट निर्देशकीय यात्रा थालनी गरेका सुवेदीले पाँच वर्ष अगाडी ‘लालजोडी’ निर्देशन गरेका थिए ।

उनको कथा, पटकथा र संवाद रहेको फिल्म ‘कृष्णलीला’ प्रदर्शनको क्रममा छ ।

प्रतिक्रिया दिनुहोस्