आफ्नो मितिमा ‘म यस्तो गीत गाउँछु २’ आउँदा ‘लप्पन छप्पन २’ टिमको आपत्ति



रंगखबर, काठमाडौँ – ‘लप्पन छप्पन २’का निर्माताले आफ्नो फिल्म फागुन १३ मितिमा रिलिज गर्ने निर्णयको माग गरेका छन् ।

आफ्नो पुर्वनिर्धारित रिलिज डेटमा चलचित्र प्रदर्शन कार्यदलले ‘म यस्तो गीत गाउँछु २’लाई प्रदर्शनको अनुमति दिएपछि ‘लप्पन छप्पन २’ टिमले आपत्ति जनाएको हो ।

नेपाल चलचित्र संघले आफुहरुले पहिले दर्ता गराएको डेटमा जानकारी बिनै अर्को फिल्मलाई प्रदर्शन अनुमति दिएपछि निर्माण कम्पनि गोल्डेन हिल्स पिक्चर्स प्रालिले ध्यानाकर्षण गर्दै विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा निर्माण कम्पनिले पुष १९ गते नै दर्ता नम्बर ३५१ मा रिलिज डेट दर्ता गरिसकेको बताएको छ ।

चलचित्र प्रदर्शन कार्यदलले बैशाख १ सम्म सातामा एक भन्दा बढी फिल्म रिलिज गर्न नपाइने नियम लागु गरेको थियो । तर, पहिले नै बुक भैसकेको डेटमा नयाँ फिल्म प्रदर्शनको लागि अनुमति दिएर संघले आफैले लागु गरेको नियम तोडेको छ ।

यसअघि पुष १६ मा ‘कठपुतली’ रिलिज हुँदा जुध्न आएको ‘चपली हाइट ३’लाई संघले अर्को मितिमा सारिदिएको थियो । तर, फागुन १३ को हकमा भने नियम लागु भएन ।

मुकुन्द भट्टले निर्देशन गरेको ‘लप्पन छप्पन २’मा सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, आना ढकाललगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्