फागुन अन्तिममा रिलिज हुने ‘आकाशे खेती’को टिजर सार्वजनिक



रंगखबर, काठमाडौँ – उदय सुब्बाले निर्देशन गरेको फिल्म ‘आकाशे खेती’को टिजर सार्वजनिक गरिएको छ । टिजरले तीन पात्रको गोप्य योजना र त्यसपछि आउने उतारचढावलाई प्रस्तुत गरेको छ ।

चिनको तिब्बतबाट नेपालको बाटो हुँदै भारतमा हुने मानव तस्करीको कथा उठान गरेको फिल्ममा विल्सन विक्रम राई, गौरव पहारी, बुद्धि तामाङ, रजनी गुरुङ, नीता ढुंगाना, रविन्द्र झा, शिशिर बांग्देललगायतका कलाकारहरुको अभिनय छ ।

एसएस इन्टरनेशनल र तक्मे प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा विल्सन विक्रम राईको पटकथा र संवाद रहेको छ ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चिङबाङ र दिलप्रसाद याक्सोको सयुक्त लगानी रहेको फिल्ममा बिकाश चौधरी/बादल लिम्बुको संगीत, राजु किराँतीको एक्सन, विक्रम केसीको छायांकन र सुजन बादलको सम्पादन छ ।

यो फिल्म फागुन २७ देखि अलनेपाल रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्