जाजरकोटका बलरामसँग रेखाले गरिन विवाह



रंगखबर, काठमाडौँ – अभिनेत्री रेखा थापाले विवाह गरेकी छन् । उनले जाजरकोटका बलराम शाही ठकुरीसँग ‘कोर्ट म्यारिज’ गरेकी हुन् ।

तस्विर: सामाजिक संजालबाट

स्रोतका अनुसार रेखाले करिब दुई साता अगाडी बलरामसँग कानुनि विवाह गरेकी हुन् । तर, उनले आफ्नो व्यक्तिगत रहेको बताउदै विवाहको खबर सार्वजनिक गर्न चाहेकी थिएनन ।

एक अनलाइनसँग उनले भनेकी छन्, ‘यो मेरो व्यक्तिगत कुरा थियो । यो मोडमा आएर मन मिल्ने साथी भेटेपछि दुवै परिवारको सहमतिमा हामीले विवाह गर्ने निणर्य गरेका हौँ । यसलाई जीवनको प्रक्रियाको रुपमा लिन आग्रह गर्दछु ।’

पेशाले पर्यटन व्यवसायी बलराम इजरायलमा बस्छन ।

निर्माता छवि ओझासँगको पहिलो विवाह डिभोर्समा परिणत भएपछी रेखाले एकल जीवन बिताउदै आएकी थिइन् । उनलाई बारम्बार मिडियाले ‘विहे कहिले गर्ने ?’ भने प्रश्न सोधिरहन्थ्ये ।

१ वर्ष अगाडीसम्म आफ्नो लायक युवक नपाएको बताउदै आएकी रेखाले पछिल्लो समय भने छिट्टै विवाह गर्ने सङ्केत दिन थालेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्