‘चिसो एस्ट्रे’को ‘बाबा पशुपति’ रिलिज, सविन राईको गायनमा कमब्याक



रंगखबर, काठमाडौँ – चैत ४ रिलिज हुने फिल्म ‘चिसो एस्ट्रे’को दोस्रो गीत सार्वजनिक गरिएको छ । महाशिवरात्री लक्षित गरिएको गीतबाट सविन राईले गायनमा कमब्याक गरेका छन् ।

‘बाबा पशुपति’ बोलको गीतमा दिनेश पाल्पालीको शब्द रचना र अजर जंगमको संगीत छ ।

पछिल्लो समय सांगीतिक दुनियाँबाट टाढा रहेका सविनले यही गीतबाट कमब्याक गरेका हुन् । उनले स्वर सुहाउँदो कम्पोजिसन र गीतको शब्द पनि रोचक रहेकाले गीत गाउन रमाइलो भएको प्रतिक्रिया दिएका छन् ।

दिनेश पाल्पालीले निर्देशन गरेको फिल्ममा दिव्य देव, नविन लम्साल, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, रविन तामाङ, सुशील राज पाण्डेलगायतका कलाकारहरुको अभिनय छ ।

कंगारु क्रिएसन र लोकल सिनेमाको सयुंक्त व्यानरमा निर्मित फिल्ममा प्रविन स्याङ्बा र सुष्मिता पराजुलीको निर्माण छ । महेशबाबु तिमल्सिनाको प्रस्तुति रहेको फिल्मका सहनिर्मातामा रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा छन् ।

फिल्ममा समावेश ‘ड्रिम पाइरेशी’ बोलको गीत यसअघि नै सार्वजनिक भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्