शिल्पा र अकेशाको ‘लाइफ इन एलए’ बैशाखमा प्रदर्शन हुने



रंगखबर, काठमाडौँ – शिल्पा मास्के र अकेशा विष्ट स्टारर फिल्म ‘लाइफ इन एलए’को प्रदर्शन मिति तय भएको छ । अमेरिकाको बिभिन्न सहरमा सफल प्रदर्शन भैसकेको फिल्ममा नेपालमा भने बैशाख ९ देखि प्रदर्शनमा आउनेछ ।

बुधबार निर्माण पक्षले रिलिज डेटसहितको नयाँ पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा शिल्पा र अकेशाका अलावा फिल्मका मुख्य कलाकार ब्यास बिस्सु फिचर्ड छन् ।

सुर्य एन श्रेष्ठको निर्देशनमा तयार फिल्ममा गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखकसहित अमेरिकामा बसोबास गर्ने जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको पनि अभिनय छ ।

ब्यास इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई कलाकार ब्यासले नै निर्माण गरेका हुन् । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता राजेन्द्र ठकुराठी हुन् ।

दीपकको ओली एसोसियट निर्देशक रहेको फिल्ममा एलिस कार्की/प्रतिक पौडेलको संगीत, कविराज गहतराज/सुरज श्रेष्ठको कोरियोग्राफी र भुपेन्द्र अधिकारी/उज्ज्वल ढकालको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्