निर्देशक रेशराज आचार्यको निधन



रंगखबर, काठमाडौँ – निर्देशक रेशराज आचार्यको निधन भएको छ । ६३ वर्षको उमेरमा हृदयघातका कारण उनको निधन भएको मुख्य सहायक निर्देशक कल्याण अधिकारीले जानकारी दिएका छन् ।

बुधबार राती स्वास्थ्यमा समस्या आएपछि निर्देशक आचार्यलाई ओम अस्पतालमा भर्ना गरिएको थियो । तर, अस्पतालमा उनले आधा घण्टा पनि बिताउन पाएनन् ।

बिहिबारै आचार्यको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्तेष्टि गरिएको छ ।

आचार्यका एक छोरा र श्रीमती छन् । फिल्म ‘तिलहरी’बाट निर्देशकीय यात्रा सुरु गरेका आचार्यले ‘टुहुरो’, ‘आमा’, ‘बन्धन’, ‘धर्म संकट’, नगद नारायण’, ‘माटो बोल्छ’, ‘भाग्यले जुरायो’, ‘मायाको साइनो’, ‘अनमोल’, ‘भुली गए पाप लाग्ला’, ‘मन मुटु र माया’ र ‘प्रितीको फूल’ फिल्म निर्देशन गरेका छन् ।

फिल्म ‘बेहुली’मा सहायक निर्देशनको काम गरेका रेशराजले ‘गोपीकृष्ण’, ‘परिवार’, ‘आमा’, ‘टुहुरो’ र ‘माटो बोल्छ’का लागि पटकथा पनि लेखेका थिए । यस्तै फिल्म ‘बन्धन’ उनले आफ्नै कथा लेखनमा निर्देशन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्