पल शाह विरुद्ध प्रहरीमा जाहेरी



रंगखबर, काठमाडौँ –  एक नाबालिग गायिकाले अभिनेता पल शाह विरुद्द जबर्जस्ती करणी मुद्धामा जाहेरी दिएकी छन् ।

 

उनले जिल्ला प्रहरी कार्यालय तनहुँमा पुगेर शाह विरुद्द बुधबार जाहेरी दर्ता गरेकी हुन् ।

जाहेरीमा गायिकाले आफूलाई शाहले ‘प्रेमको जालमा पारी सुटिङका क्रममा ललाइ-फकाइ गर्दै सम्बन्ध राखेको’ उल्लेख गरेकी छन् । कानूनबमोजिम शाहलाई कडा सजायको माग उनले गरेकी छन् । उनको स्वास्थ्य परीक्षणसमेत गरिसकिएको छ । यस विषयमा तनहुँ प्रहरीले औपचारिक जानकारी दिएको छैन ।

गायिका यसअघि नै पल विरुद्द जाहेरी दिनलाई प्रहरीको पुगेकी थिइन् । तर, पलले ललाइ-फकाइ गरेर गायिकाको आवाज बन्द गर्ने कोशिस गरेका थिए ।

पलको ललाइ-फकाइले गर्दा गायिकाले आफु माथि गरिएको अन्याय खुलेर बोल्न सकेकी थिइनन् । उनि सामाजिक संजालमा सत्यता बाहिर ल्याउने भनेर बेला-बखत धम्कि पनि दिइरहेकी थिइन् ।

तर, दुई बीचको अडियो संवाद बाहिरिएपछि पलले लाजै पचाएर उक्त आवाज आफ्नो हो भन्नेमा शंका पैदा भएको स्टाटस लेखेका थिए ।

पछिल्लो केहि महिना यताको घटनाक्रमले पल र गायिकाको सम्बन्धलाई लगभग पुष्टि गरेपनि पल सत्यता स्वीकार्न सकिरहेका छैनन् ।

नेपालको कानुनमा १८ वर्ष भन्दा कम उमेरकी बालिकासँग सहमति मै यौन सम्वन्ध राखेपनि जबर्जस्ती करणी मानिन्छ । गायिका अहिले मात्र १७ वर्षकी भइन ।

प्रतिक्रिया दिनुहोस्