‘आकाशे खेती’ ट्रेलर: ‘पैसा कमाउने सजिलो बाटोमा आउने बाधा’



रंगखबर, काठमाडौँ – फागुन २७ देखि प्रदर्शनमा आउने फिल्म ‘आकाशे खेती’को ट्रेलर सार्वजनिक गरिएको छ । २ मिनेट ५४ सेकेण्ड लामो ट्रेलरमा तीन पात्रको पैसा कमाउने योजना र त्यसमा आउने उतारचढावलाई देखाइएको छ ।

उदय सुब्बाको कथा र निर्देशन रहेको फिल्ममा गौरव पहारी, विल्सनविक्रम राई, नीता ढुंगाना, रजनी गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, शिशिर बाँग्देल, लक्षु शर्मालगायतका कलाकारहरुको अभिनय छ ।

देशमा व्याप्त बेरोजगारी र बेरोजगारीले निम्त्याउने गलत बाटोमा लाग्दा पात्रले पाउने दु:ख ट्रेलरमा देख्न सकिन्छ ।

एसएस इन्टरनेशनल फिल्म्स र तक्मे प्रोडक्सनको व्यानरमा निर्मित फिल्मको पटकथा/संवाद विल्सन विक्रम राईले लेखेका हुन् ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चिङबाङ र दिलप्रसाद याक्सोको सयुक्त लगानी रहेको फिल्ममा बिकाश चौधरी/बादल लिम्बुको संगीत, राजु किराँतीको एक्सन, विक्रम केसीको छायांकन र सुजन बादलको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्