‘हेल्लो जिन्दगी’ ट्रेलर: प्रियंका, विक्रम र दीपिकाबीच त्रिकोणात्मक प्रेम



रंगखबर, काठमाडौँ – चैत ११ देखि प्रदर्शनमा आउने फिल्म ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक गरिएको छ । यो फिल्मलाई एभरेस्ट सुर्य बोहराले निर्देशन गरेका हुन् ।

एक्सन, रोमान्स, कमेडी र गीत समेटेर ट्रेलर व्यावसायिक बनाइएको छ । ट्रेलर हेर्दा मुख्य कलाकार प्रियंका कार्की, विक्रम जोशी र दीपिका प्रशाई बीच त्रिकोणात्मक प्रेमकथा अनुमान लगाउन सकिन्छ ।

सत्य कथामा आधारित भनिएको फिल्ममा प्रियंका, विक्रम र दीपिकासँगै विल्सन विक्रम राई, विक्रान्त बस्नेत, एभरेस्ट सुर्य बोहराको अभिनय छ ।

वीरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा हिराल जोशी र विक्रम जोशीको लगानी छ ।

निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथा/संवाद रहेको फिल्ममा राजनराज सिवाकोटी/एलिश कार्कीको संगीत, पुरुषोत्तम प्रधानको छायांकन र मित्र डी गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्