जेठ २० मा ‘म’



रंगखबर, काठमाडौँ – सुवर्ण थापाले निर्देशन गरेको फिल्म ‘म’को रिलिज डेट फाइनल गरिएको छ । फिल्म जेठ २० देखि अलनेपाल रिलिज हुनेछ ।

निर्माण कम्पनि कान्तिपुर फिल्म एकेडेमीका प्रमुख प्रकाश पुरीले वितरक कम्पनि डिसिएन र एफडीसँग जेठ २० मा फिल्म रिलिज गर्ने सम्झौता गरेका हुन् ।

अब डिसिएनले काठमाडौँ उपत्यका र एफडी मोफसलमा फिल्म वितरण गर्नेछन् ।

प्रकाश पुरीको कथा रहेको फिल्ममा सरोज खनाल, निराजन प्रधान, निशा अधिकारी, रुबिना थापा, सरिता लामिछाने, सविन श्रेष्ठ, नरेन खड्का, सन्जोग रसाइली, पुनम श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

आफ्नो अस्तित्वको खोजीमा रहेका पात्रहरुको कथा भन्ने फिल्मलाई बिमला हुमागाईं र पदम पुरीले निर्माण गरेका हुन् ।

तेन्जिन पाल्देनले खिचेको फिल्ममा बनिश शाहको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्