पललाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश



रंगखबर, काठमाडौँ – नाबालिग बलात्कारको मुद्धामा हाल हिरासतमा रहेका अभिनेता पल शाहले अझै १२ दिन हिरासतमा बिताउनु पर्ने भएको छ ।

अनुसन्धानका लागि थप १२ दिन थुनामा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको हो । फागुन १५ मा पल आफै प्रहरीकोमा पुगेपछि ७ दिने म्याद लिएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।

एक १७ वर्षिया नाबालिग गायिकाले आफुमाथि जबर्जस्ती करणी गरेको आरोपमा फागुन ११ गते पल विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

जाहेरी परेको चार दिनसम्म गुमनाम भएका पल १५ फागुनमा आत्मसमर्पण गर्न प्रहरीको पुगेका थिए ।

यस बलात्कार मुद्धामा अहिले प्रहरीले हरेक कोणबाट अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्