रोविनको आवाजमा ‘चिसो एष्ट्रे’को शिर्ष गीत ~ भिडियो ~



रंगखबर, काठमाडौँ – रिलिज मिति नजिकिदै गर्दा फिल्म ‘चिसो एष्ट्रे’ प्रचार चुस्त हुँदै गएको छ । निर्माण पक्षले फिल्मको ट्रेलर र केहि गीत सार्वजनिक गरिसकेको छ ।

ट्रेलर र गीतबाट सकारात्मक प्रतिक्रिया पाएपछि निर्माण पक्षले शिर्ष गीत दर्शकका लागि सार्वजनिक गरेको छ । गीतमा फिल्मका मुख्य कलाकार रोविन तामाङले आवाज दिएका छन् ।

‘चिसो एष्ट्रे’को एक दृश्यमा मुख्य कलाकारहरु

रक शैलीको गीतमा रोविनले शब्द र स्वर मार्फत फिल्मको कथा भन्ने कोसिस गरेका छन् । गीतमा रोविनकै शब्द र संगीत छ ।

पछिल्लो समय गायनबाट टाढा रहेका रोविनले धेरैपछि गीत सार्वजनिक गर्न पाउदा आफु उत्साहित रहेको बताए ।

‘ दिनेशले बनाएको फिल्मलाई मैले गीतमा समअप गरेको हो । धेरैपछि आफ्नो गीत सार्वजनिक हुँदा एक्साइटेड फिल गरिरहेको छु’ उनले भने ।

पछिल्लो समय रोविन नेपाली फिल्ममा अभिनयको लागि परिचित छन् । वजनदार आवाज र एग्रेसिभ शैली उनि फिल्ममा छनोट हुने प्रमुख कारण हुन् । उनि भूमिका न्याय गर्न पनि सिपालु मानिन्छन ।

दिनेश पाल्पालीले निर्देशन गरेको ‘चिसो एष्ट्रे’ आउने चैत ४ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

फिल्ममा रोविनसँगै दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे र सृष्टि श्रेष्ठलगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । फिल्ममा प्रविन स्याङ्बो र सुस्मिता पराजुलीको सहलगानी छ ।

उज्जल बस्ताकोटीले खिचेको फिल्ममा अजर जंगमको संगीत, निर्देशक पाल्पालीको लेखन र उज्जवल ढकालको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्