‘कबड्डी ४’ गीत: मिरुनाको एकतर्फी प्रेममा सौगात !



रंगखबर, काठमाडौँ – जेठ १३ मा रिलिज हुने फिल्म ‘कबड्डी ४: द फाइनल म्याच’को गीत सार्वजनिक गरिएको छ । ‘केशरी’ बोलको रोमान्टिक गीतमा सौगात मल्ल र मिरुना मगर फिचर्ड छन् ।

एसडी योगीको स्वर र संगीतमा तयार गीतमा राम अविरल विष्टको शब्द रचना छ । गीतमा सौगात उर्फ ‘बमकाजी’को एक तर्फी प्रेम देखाइएको छ ।

गीतको अन्त्यमा मिरुना उर्फ ‘शान्ति मिस’ भने दयाहाङ राई ‘काजी’को प्रेम रहेको देखाइएको छ । गीतले त्रिकोणात्मक प्रेमकथाको झल्को दिन्छ ।

तल्लो मुस्ताङको रमणीय दृश्य गीतमा देख्न सकिन्छ ।

रामबाबु गुरुङले निर्देशन गरेको फिल्ममा दयाहाङ, मिरुना र सौगातसँगै गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।

रामबाबु गुरुङ र उपेन्द्र सुब्बाको लेखन रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा/एसडी योगी/अनुपम शर्माको संगीत, शैलेन्द्रध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

बासुरी फिल्म्सको प्रस्तुति र सुष्मा प्रोडक्सन ग्लोबलको सहकार्यमा निर्माण गरिएको फिल्ममा विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलको लगानी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्