‘कता कता’ गीतमा रोमान्टिक विक्रम र दीपिका



रंगखबर, काठमाडौँ – चैत ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म ‘हेल्लो जिन्दगी’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।

‘कता कता’ बोलको गीतमा फिल्मका मुख्य कलाकार विक्रम जोशी र दीपिका प्रसाईंको प्रेम देख्न सकिन्छ ।

विदेशको रमणीय दृश्यमा विक्रम र दीपिका बीचको प्रेमलाई स्थापित गर्ने कोसिस गरिएको छ । एभरेस्ट सुर्य बोहराको शब्द रहेको गीतमा एलिश कार्कीको संगीत, प्रविशा अधिकारी र प्रताप दासको स्वर छ ।

गीतको भिडियो कोरियोग्राफी र सम्पादन विष्णुदेवाले गरेका हुन् ।

एभरेस्ट सुर्य बोहराको निर्देशनमा बनेको फिल्मले सत्य कथा भन्ने बताइएको छ । फिल्ममा विक्रम र दीपिकाका अलावा प्रियंका कार्की, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, एभरेस्ट सुर्य बोहराको अभिनय छ ।

वीरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा हिराल जोशी र विक्रम जोशीको लगानी छ ।

निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथा/संवाद रहेको फिल्ममा राजनराज सिवाकोटी/एलिश कार्कीको संगीत, पुरुषोत्तम प्रधानको छायांकन र मित्र डी गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्