रिलिज भयो ‘आकाशे खेती’, मल्टीप्लेक्समा विदेशी फिल्मको दवदवा



रंगखबर, काठमाडौँ – आज शुक्रबारदेखि नेपाली बक्सअफिसमा तीन नयाँ फिल्मले डेब्यु गरेका छन् । नेपाली ‘आकाशे खेती’ले दक्षिण भारतीय फिल्म ‘राधेश्याम’ र ‘इटी’सँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

पछिल्लो समय नेपाली फिल्मले मल्टीप्लेक्सबाट राम्रो शेयर हात पारिरहेका छन् । त्यसैले मल्टीप्लेक्समा राम्रो शो पाउँदा निर्माताले राहतको सास लिने गर्छन ।

न्यून प्रचारसहित प्रदर्शनमा आएको ‘आकाशे खेती’ले मल्टीप्लेक्समा कमजोर शो पाएको छ । मल्टीप्लेक्सले रिलिज अगाडीको फिल्मको हाइपलाई मध्येनजर गरेर शो बाड्ने गर्छन ।

यो साता नयाँ र पुराना फिल्मलाई गरेर मल्टीप्लेक्सले १ सय ७७ शो निर्धारण गरेका छन् । अघिल्लो शुक्रबारको भन्दा यो ९ शो बढी हो ।

आकाशे खेती 

उदय सुब्बाले निर्देशन गरेको ‘आकाशे खेती’ले १ सय ७७ शो मध्ये जम्मा ९.०३ प्रतिशत शो आफ्नो पक्षमा पारेको छ ।

क्युएफएक्सले आफ्ना १० ओटा स्टेशनमा जम्मा ८ शो दिएको छ । यस्तै बिग मुभिज, बिएसआर, एफक्युब, वन सिनेमाज, क्युज, किर्तिपुर सिनेप्लेक्स, सिडिसी र आइएनआइ सिनेमाजले समान १/१ शो दिएका छन् ।

मानव तस्करीको कथा भन्ने फिल्ममा विल्सन विक्रम राई, नीता ढुंगाना, गौरव पहारी, रजनी गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, शिशिर बाँग्देल, लक्षु शर्मालगायतका कलाकारहरुको अभिनय छ ।

साताको शो वरियता 

१: राधेश्याम (तेलुगु/हिन्दी)
शो: ५०.८४ प्रतिशत
कलाकार: प्रभास र पूजा हेग्डे
निर्देशक: राधाकृष्ण कुमार

प्रदर्शन: फ्रेस

२: गंगुबाई काठियावाडी (बलिउड)
शो: १२.९९ प्रतिशत
कलाकार: अलिया भट्ट, अजय देवगण, विजयराज
निर्देशक: संजयलीला भन्साली

प्रदर्शन: तेस्रो साता

३: इटी (तामिल)
शो: १०.१६ प्रतिशत
कलाकार: सुरिया
निर्देशक: पण्डीराज

प्रदर्शन: फ्रेस

४: द ब्याटम्यान (हलिउड)
शो: ९.६० प्रतिशत
कलाकार: रोबर्ट पेटिन्सन, जोइ क्राभिट्स
निर्देशक: म्याट रिभ्स

प्रदर्शन: दोस्रो साता

५: आकाशे खेती (नेपाली)
शो: ९.०३ प्रतिशत
कलाकार: विल्सन विक्रम राई, नीता ढुंगाना, गौरव पहारी
निर्देशक: उदय सुब्बा

प्रदर्शन: फ्रेस

६: म यस्तो गीत गाउँछु २ (नेपाली)
शो: ७.३४ प्रतिशत
कलाकार: पल शाह, पूजा शर्मा
निर्देशक: सुदर्शन थापा

प्रदर्शन: तेस्रो साता

(यो तथ्यांकमा क्युएफएक्स, बिग मुभिज, सिडिसी, बिएसआर, आइएनआइ लोत्से, किर्तिपुर सिनेप्लेक्स, क्युज सिनेमाज, वान सिनेमाज र एफक्युब हल मात्र समावेश छन्)

प्रतिक्रिया दिनुहोस्