सुरक्षाको ‘बादलहरु’मा गाउँमा बिजुली बत्ति नहुँदाको पिडा ~ भिडियो ~



रंगखबर, काठमाडौँ  – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको विद्युत क्षेत्रमा पुर्याएको योगदान सर्वविदितै छ ।

यिनै योगदानकर्ताबाट प्रभावित भएर एउटा म्युजिक भिडियो निर्माण गरिएको छ । उक्त म्युजिक भिडियो विहिबार एक कार्यक्रमका बीच सार्वजनिक गरियो ।

‘बादलहरु’ बोलको गीतले गाउँमा बत्ति ल्याउन गरिएको दुई जना व्यक्तिको संघर्षको कथा भन्छ । प्रेमीकाको श्रीमानको मृत्यु भएपछी उसको श्रीमानको सपना पुरा गर्ने पुरुषको कथापनि भिडियोमा भनिएको छ ।

भिडियोमा अभिनेत्री सुरक्षा पन्त, घनु जोशी, राज के गोस्वामी, जिएस पाण्डे, शरद भण्डारी, आकाश दाहाललगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

सुरक्षा पन्तको शब्द रचनामा तयार गीतमा मानव सुवेदीको संगीत र राज के गोस्वामीको स्वर समावेश छ ।

सुरक्षा कै पटकथा रहेको भिडियोमा मानव सुवेदीको निर्देशन, सुशील सापकोटाको छायांकन र मानव सुवेदीको सम्पादन छ ।

कार्यक्रममा कुलमान घिसिङसहित अभिनेता राजेश हमाल, गायकहरु राजेशपायल राई, सुुगम पोखरेल, शिव परियार र धर्मेन्द्र सेवान उपस्थित थिए ।

उपस्थित पाहुनाहरुले गीत हरेपछी मुक्तकण्ठाले प्रशंसा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्