कृष्ण जन्माष्टमीमा पुष्पको ‘कृष्णलीला’, ‘प्रेमगन्ज’सँग भिडन्त पक्का



रंगखबर, काठमाडौँ – पुष्प खड्का स्टारर फिल्म ‘कृष्णलीला’को प्रदर्शन मिति तय भएको छ । निर्माण पक्षले कृष्ण जन्माष्टमीको अवसरमा फिल्म रिलिज गर्न लागेको हो ।

निर्देशक दीपक ओलीले होलीको पुर्वसन्ध्यामा फिल्मको रिलिज डेट घोषणा गरेका हुन् । पोस्टर शेयर गर्दै उनले कृष्ण जन्माष्टमीको दिन भदौ ३ मा फिल्म रिलिज गर्न लागेको जानकारी दिए ।

यसअघि २०७७ को चैत २७ लाई मिति तय गरेपनि दोस्रो लहरको कोरोनाका कारण फिल्म रिलिज हुन पाएको थिएन ।

लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा पुष्पसँगै श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रविन्द्र झा, भावना गुरुङ, नविन रेग्मीलगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा शिव ढकाल/बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत र अर्जुन जिसीको सम्पादन छ ।

रोहित कटेलको प्रस्तुति रहेको ‘कृष्ण लीला’का निर्मातामा प्रकाशराज कार्की र केवल तामाङ रहेका छन् । रत्न श्रेष्ठको कार्यकारी निर्माण रहेको फिल्मको सह-निर्मातामा पिताम्बर आचार्य र रोजन श्रेष्ठ छन् ।

‘प्रेमगन्ज’सँग बक्सअफिस भिडन्त 

‘कृष्णलीला’को प्रदर्शन मिति फाइनल भएसँगै बक्सअफिसमा अर्को एउटा भिडन्त पक्का भएको छ । केहि दिन अगाडी मात्रै फिल्म ‘प्रेमगन्ज’ले भदौ ३ लाई रिलिज मिति तय गरेको थियो ।

परिच्छेद सेनको निर्देशनमा तयार ‘प्रेमगन्ज’मा बेनिशा हमाल, सम्पदा बानियाँ, तेज गिरी, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्