नयाँ डेटमा ‘लाइफ इन एलए’



रंगखबर, काठमाडौँ – बैशाख ९ मा प्रदर्शन हुने भनिएको फिल्म ‘लाइफ इन एलए’ पोस्टपोन्ड भएको छ । निर्माण पक्षले नयाँ पोस्टरसहित नयाँ रिलिज डेट सार्वजनिक गरेको छ ।

सुर्य एन श्रेष्ठको निर्देशनमा तयार फिल्म अब जेठ ६ देखि नेपालमा प्रदर्शन हुनेछ । अमेरिकाको बिभिन्न सहरमा सफल प्रदर्शन पश्चात निर्माण पक्ष नेपाल रिलिजको लागि तयार भएको हो ।

अमेरिका र नेपालमा छायांकन गरिएको फिल्ममा ब्यास बिस्सु, शिल्पा मास्के, अकेशा विष्ट, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, जारेड विलप्स, साम भुजेल, जयन्द्र चिलुवाललगायतको अभिनय छ ।

फिल्ममा एलिस कार्की/प्रतिक पौडेलको संगीत, कविराज गहतराज/सुरज श्रेष्ठको नृत्य निर्देशन, बाबु श्रेष्ठ/क्रिस वारेनको छायांकन र भुपेन्द्र अधिकारी/उज्ज्वल ढकालको सम्पादन छ ।

ब्यास इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा ब्यास बिस्सुको निर्माण छ । संसार सुवेदी कार्यकारी निर्माता रहेको फिल्ममा राजेन्द्र ठकुराठी निर्माता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्