धिरज राईको ‘लुकी लुकी’मा आँचल, डेलविस र राज ~ भिडियो ~



रंगखबर, काठमाडौँ – पप गायक धिरज राईले आफ्नो २५ वर्ष पुरानो हिट गीत ‘लुकी लुकी’को ‘रिक्रियट म्युजिक भिडियो’ सार्वजनिक गरेका छन् ।

सार्वजनिक भिडियोमा धिरजसहित अभिनेत्री आँचल शर्मा, मोडलद्वय डेलविस र राज फिचर्ड छन् ।

गायक राईको शब्द, संगीत र आवाज रहेको गीतमा रविन दर्शनधारीको एरेञ्ज छ ।

डान्सिङ नम्बर ‘लुकी लुकी’ले दर्शक माँझ पुरानो याद ताजा गराउने विश्वास निर्माण पक्षको छ । भिडियोमा माइकल स्टेपअप तथा आर्ट एकेडेमीको कोरियोग्राफी छ ।

दिनेश दर्शनधारी र यसोदा राईको लगानीमा निर्मित म्युजिक भिडियोमा माइकल चन्दको निर्देशन, उत्सव दाहाल/मदरसा फिल्म्सको छायांकन र शिलान लम्सालको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्