‘हेल्लो जिन्दगी’को नयाँ गीतमा विक्रम र दीपिकाको रोमान्टिक अन्दाज



रंगखबर, काठमाडौँ – चैत १८ देखि अलनेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘हेल्लो जिन्दगी’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।

‘आइ नो यु लभ मि’ बोलको गीतमा फिल्मका मुख्य कलाकार विक्रम डी जोशी र दीपिका प्रसाईंबीच प्रेम देखाइएको छ ।

एभरेष्ट सुर्य बोहराको शब्द रचना रहेको गीतमा अमित श्रेष्ठको संगीत र एड्रिन प्रधान/रजिना रिमालको स्वर छ । गीतको भिडियो कोरियोग्राफी र सम्पादन विष्णुदेवाले गरेका हुन् ।

सत्य कथामा आधारित ‘हेल्लो जिन्दगी’लाई एभरेष्ट सुर्य बोहराले निर्देशन गरेका हुन् । फिल्ममा विक्रम र दीपिकाका अलावा प्रियंका कार्की, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, एभरेस्ट सुर्य बोहरालगायतका कलाकारहरुको अभिनय छ ।

वीरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा हिराल जोशी र विक्रम जोशीको लगानी छ ।

निर्देशक बोहरा र अभिमन्यु निरवीको पटकथा/संवाद रहेको फिल्ममा राजनराज सिवाकोटी/एलिश कार्कीको संगीत, पुरुषोत्तम प्रधानको छायांकन र मित्र डी गुरुङको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्