पल शाहलाई पुर्पक्षका लागि थुना पठाउन आदेश



रंगखबर, काठमाडौँ – जिल्ला अदालत, तनहुँले अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

नाबालिग गायिका बलात्कारको आरोपमा बुधवारदेखि सुरु भएको थुनछेक बहसपछि जिल्ला अदालत तनहुँले एक नम्बर न्यायाधिश हरिषचन्द्र ढुंगानाको इजलाशबाट शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

अदालतले पलका म्यानेजर कृष्ण जोशीलाई भने १ लाख धरौटीमा छोड्न आदेश दिएको छ ।

अदालतको आदेश:-

प्रतिक्रिया दिनुहोस्