स्वस्तिमा स्टारर ‘चिसो मान्छे’को टिजर सार्वजनिक



रंगखबर, काठमाडौँ – स्वस्तिमा खड्का स्टारर फिल्म ‘चिसो मान्छे’को टिजर रिलिज गरिएको छ ।

१ मिनेट १५ सेकेण्ड लामो टिजरले मन जित्छ । स्वस्तिमाको एकतर्फी प्रेमबाट सुरु हुने टिजर लास बोकेको गाडीसम्म पुगेको छ । टिजरमा अर्पण थापा र देशभक्त खनालपनि अटाएका छन् ।

टिजरमा स्वस्तिमाको सुदुरपश्चिमेली पहाडी लूक्स र लवज महसुस गर्न सकिन्छ ।

दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्मले मलेसियामा मृत्यु भएका कामदारको लासलाई आफ्नो पत्नीले काठमाडौँदेखि बझाङ पुर्याउँदाको संघर्षको कथा भन्छ ।

निर्देशक खनाल कै छायांकन र लेखन रहेको फिल्ममा आशान्त शर्मा, प्रभाकर न्यौपाने, रामबाबु रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

डिएस डिजिटलको व्यानरमा निर्मित फिल्ममा शर्मिला पाण्डेको लगानी छ । फिल्म असार ३ देखि प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्